शौर्य सिमेन्टले प्रदेश १ र २ को विभिन्न ठाउहरुमा “मैसन मिट” आयोजना गरेको छ र नेपाल भरि नै गर्ने भावी योजना सहित अघि बढेको छ। मैसन मिटको उद्धेस्य राजमिस्त्रीहरुलाई निर्माण अभ्यासको ज्ञान दिने र ब्रान्ड चेतनाको बारेमा छलफल गर्ने रहेको छ। ५०० जना भन्दा बढी राजमिस्त्रीहरु सहभागी रहेको सो मिटमा शौर्य सिमेन्टको मूल्य, गुणस्तर र नया प्रविधिको बारेमा छलफल भएको छ। अल्काली प्रणाली जडित मेसिनबाट उत्पादन हुने शौर्य सिमेन्टमा छ्यारलाइ बाइपास गर्ने भएको हुदा यसको गुणस्तरीयताको प्रसंसा समेत वयेको छ। यस अघि सोमबार जनकपुरधाममा राजमिस्त्रीहरुसंग शौर्यले छलफलको आयोजना गरेको थियो भने पौष २४ गते बिराटनगरमा र २५ गते दुहबीमा कार्यक्रम आयोजना गरिएको छ।
उक्त कार्यक्रममा शौर्य सिमेन्ट संबेदनसिल रहेको कारण सिमेन्टमा अनिवार्य ५० प्रतिसत हुनु पर्ने क्याल्सियम अक्साइड ५४ प्रतिसत भन्दामाथि रहेको चर्चा समेत गरियो। त्यो संगै शौर्य सिमेन्टको तौल तथा प्याकेजिंग र उदयपुरको चुनढुंगाले निर्माण गरिएको भनेर पनि प्रसंसा गरियो। रोबोटिक मेसिनबाट निर्माण गरिने प्रबिधिको कारणले मानवीय त्रुटिहरुलाई नियन्त्रणमा रहेकोले यस सिमेन्टको प्रयोग नै उत्तम रहेको तथा अटोमेटिक प्लान्टबाट निर्माण हुने शौर्य सिमेन्टको माग दिन प्रतिदिन बढ्दै गएको कुरा पनि उल्लेख गरियो। शौर्य सिमेन्टको बढ्दो मागको कारण आम मानिस र मिस्त्रीको पहिलो रोजाई हुन पुगेको छ।